Skip to content
LAXMI SUNRISE BANK

मेगा बैंकले विस्तार गर्यो ६ नयाँ एक्सटेनसन काउन्टर, ग्रामीण भेगमा अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै

अर्थ सरोकार

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले थप ६ वटा नयाँ एक्सटेनसन काउन्टरहरु विस्तार गरेको छ । गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले सुनसरी जिल्लाको बराहा नगरपालीकाको चक्रघाँटीमा, सुनसरी जिल्लाका कोशी गाउँपालीकाको लौकहिमा, अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीकामा, गुल्मी जिल्लाको रुरु गाउँपालीकामा, धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालीकाको तारापाटीमा र पाल्पा जिल्लाको माथागढी गाउँपालीकामा गरि ६ नयाँ एक्सटेनसन काउन्टरहरु विस्तार गरेकोे हो । 
योसँगै मेगा बैंकको एक्सटेनसन काउन्टर संख्या १४ पुगेको छ । ९८ वटा शाखा रहेको मेगा बैंकका ७४ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २ हजारभन्दा बढी मेगा रेमिट एजेण्ट छन् । 
बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले एक्सटेनसन काउन्टर विस्तारलाई तीव्रता दिइरहेको छ । आउने आर्थिक बर्षमा समेत थप शाखा कार्यालयहरु, एक्शटेनसन काउन्टर, एटीएम सञ्जाल, शाखारहित केन्द्रहरु र मेगा रेमिट एजेण्टहरु खुल्ने मेगा बैंकले जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK