×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंक र ग्राण्डी अस्पतालबिच सम्झौता, बैंकको ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मेगा बैंक र ग्राण्डी अस्पतालबिच सम्झौता, बैंकको ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

Artha Sarokar

१५ श्रावण २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मेगा बैंक नेपाल लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडबीच सेवा आदानप्रदानसम्बन्धी सम्झौता भएको छ । मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ग्राण्डी अस्पतालका व्यापार तथा बजार प्रमुख प्रतीक तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा मेगा बैंकका कर्मचारी, ग्राहक र उनीहरुका परिवारलाई बिभिन्न स्वास्थ्य सेवा र सुविधा प्रदान गरिने उल्लेख छ । 
सम्झौता अनुसार, मेगा बैंकका ग्राहकहरुले १५ सय रुपैँया तिरेर ११ वटा स्वास्थ्य सेवाको प्याकेज पाउने भएका छन् । प्याकेजमा सीबीसी, ब्लड सुगर फास्टिङ, सम्पूर्ण कोलेस्टोरेल, क्रेटेनाइन, युरिन टेस्ट, एसजीओटी, एकजीपीटी, चेस्ट एक्सरे, इसीजी, चिकित्सक परामर्श र रजिष्ट्रेशन कार्ड रहेका छन् । 
यसैगरी, मेगा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले उपचारमा साँढे ७ प्रतिशत छुट पाउने भएका छन् । ग्राण्डी अस्पतालले उपचारका लागि आकस्मिक रुपमा हेलिकप्टर प्रयोग गर्नुपर्दा मेगाका ग्राहकवर्ग र उनीहरुको परिवारलाई प्राथमिकता दिने सम्झौता भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी