
काठमाडौं – एनआईसी एसिया बैंकले यहि साउन १ गतेबाट मिस्ड कल बैंकिङ सेवा संचालनमा ल्याएको छ । उक्त सेवाको लागि ग्राहकहरुले बैंकले तोकेको नम्बरमा मिस्डकल गरेपछि ब्यालेन्स वारे जानकारी, स्टेटमेन्ट बारे जानकारी लगायतका सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
ब्यालेन्सवारे जानकारी लिन ९८०१२२७७३३ मा मिस्डकल गर्नुपर्नेछ। मिस्डकल गरेपछि बैंकले एसएमएस मार्फत ब्यालेन्स बारे जानकारी दिने छ।
साथै मिनी स्टेटमेन्टको जानकारी लिन ९८०१२२७७४४ मा मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोवारको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सकिने छ। कलब्याक सेवाको लागि ९८०१२२७७५५ मा मिस्ड कल गरे बैंकका सम्बन्धित कर्मचारीले फोन गरेर तपाईंले बुझ्न चाहेको कुराको जानकारी दिनेछन्।
बैंकले अहिले मुलुकभरका २३१ शखा कार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर र १५ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ्ग सेवा दिदै आएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्