
काठमाडौँ – नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लि.ले नव नियुक्त कर्मचारीहरुका लागी सेवा प्रबेश तालिम सम्पन्न गरेको छ ।
हालसालै महोत्तरी, धनुषा, सिराहा र सुनसरी मा गरी ८ वटा नयाँ साखा थपेको सँस्थाको केन्द्रिय कार्यालय धुलिखेलको आयोजनामा शाखा कार्यालय बर्दिबासको सभाहलमा बिभिन्न १० जिल्लाका १६ जना नबनियुक्त कर्मचारीहरुको क्षमता बिकास गर्ने उद्देश्यका साथ १ दिने सेवा प्रबेश तालिम सम्पन्न भएको हो।
कार्यक्रममा सँस्थाका डिपुटी जनरल म्यानेजर दुर्गा प्रसाद न्यौपानेले संस्थाका निति नियम सेवा सुबिधा, प्रशासनिक ब्यबस्थापनबारे जानकारी दिदै संस्थाले राज्यको गरीबी उन्मुलन गर्न महत्वपूर्ण भुमिका खेलेको कुरामा प्रकास पारे। भने कार्यक्रममा मानव संशाधन बिभागका प्रबन्धक दिलेन्द्र बस्नेतले लघुबित्त र यसको महत्व, उद्देश्य साथै लघुवित्त कार्यक्रम सञ्चालक प्रक्रिया सम्बन्धी जानकारी दिदै तालिमबाट कर्मचारीको दक्षता बिकास भई संस्थागत लक्ष्य हासिल गर्न उर्जा मिल्ने र सबै कर्मचारीलाई दक्ष कर्मचारीको रुपमा बिकास गर्ने सँस्थाको उद्देश्य रहेको समेत बताए। त्यस्तै अनुगमन अधिकृत सुमन घिमिरे र आशिष प्रधानले कर्जा, लगानी असुली, बचत सँकलन र दैनिक कार्यक्रम सँचालन बारे प्रशिक्षण दिनुका साथै लेखा ब्यबस्थापन, सफ्टवयर सँचालन, रिपोर्टिङ लगायत बारेमा जानकारी दिनुभयो र सिकेका कुराहरु ब्यवहारमा कार्यन्वयन गरी सेवाग्राहीलाई उत्कृष्ट सेवा दिन निर्देशन दिए ।
तालिमको समापन गर्दै संस्थाका प्रमुख कार्यकारी सञ्चालक सरोज घिमिरेले सर्वसाधारणमा बैङ्किङ पहुँच वृद्धि र विस्तारका लागि वित्तिय संस्थाले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताउदै संस्थालाई थप विकसित गर्न शाखा बिस्तार गरी गुणस्तरिय सेवा प्रदान गर्ने कुरामा जोड दिए। घिमिरेले लघुवित्तको नीति अनुरुप यस संस्थाले वित्तीय साक्षरताको कार्यक्रम तथा सामाजिक उत्तरदायित्वको कार्यक्रम समानान्तर रुपमा संचालनको तयारी भइरहेको बताउनुभयो कर्मचारीहरुको दक्षताले मात्रै सँस्था सबल बन्न सक्ने र सेवाग्राहीलाई पनि राम्रो सेवा दिन सकिने दृड बिस्वास उनको रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्