Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको चारपानेमा, मेयर ध्रुवकुमार शिवाकोटीले गरे उद्घाटन

अर्थ सरोकार

एनआईसी एशिया बैंकको बिर्तामोड नगरपालिका वडा नं २, चारपाने, झापामा स्थापित चारपाने शाखाको विधिवत् उद्घाटन गरिएको छ । बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले एक समारोहका विच उक्त शाखाको उद्घाटन गरे । 
बैंकले मुलुकभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहितबैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । शाखा संजालमा मुलुककै सबैभन्दा ठूलो एनआईसी एशिया बैंकको वासलातको आकार रू.१७६अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५०अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । त्यस्तै, कुल कर्जा करिब रू. १२०अर्ब सहित निजी क्षेत्रका बैंकहरुमध्ये दोस्रो ठूलो बैंकको रुपमा एनआईसी एशिया बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । 
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख७ ५ हजार रहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्नाआफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK