
काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकको वित्तीय सहयोगमा उग्रचण्डी भगवती मन्दिर नाला, काभ्रेपलाञ्चोकमा जडान गरिएको सोलारवत्तीहरु तथा सीसीटिभी क्यामराहरु उग्रचण्डी नाला समाजलाई हस्तान्तरण गरिएको छ ।
पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल, सुचना तथा संचार मन्त्री गोकुल बासकोटा, एमाले सांसद शिला श्रेष्ठ र राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको प्रमुख आतिथ्यतामा एनआईसी एशिया बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेद्वारा उग्रचण्डी नाला समाजलाई उक्त सोलार वत्तीहरु त्था सीसीटिभी क्यामराहरु हस्तान्तरण गरे ।
यस्ता सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यक्रमहरुले यस क्षेत्रको सुरक्षा तथा सर्वसाधारणको दैनिक क्रियाकलापमा सहयोग पुर्याउने हुनाले उक्त कार्यको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले प्रशंसा गरे ।
मुलुकभर २२५ शाखाकार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एशिया बैंकको वासलातको आकार रू.१७६अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५० अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।
हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब ११ लाख७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्