
काठमाडौं – एनआईसी एसिया बैंकले सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सो सम्झौताअनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएका बैंकको २३२ वटै शाखाबाट सहज रुपमा सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछन् ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गर्नुभयो ।
बैंकको मुलुकभर २३२ शाखाकार्यालय, २२० एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवं १५ वटा शाखारहित बैंकिङ इकाई मार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठँलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
बैंकको वासलातको आकार १७५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १५० अर्ब पुगी निजी क्षेत्रका बैंकहरुमध्ये सबैभन्दा ठँलो बैंक तथा कुलकर्जा करिब ११९ अर्बसहित निजी क्षेत्रका बैंकहरुमध्ये दोस्रो ठँलो बैंक रहेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब ११ लाख ७५ हजार रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्