
काठमाडौँ- एनएमबि बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुका लागि नेपालको आधुनिक क्यान्सर अस्पताल NCHRC (Nepal Cancer Hospital and Research Center) सँग बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट प्रदान गर्ने बिशेष सम्झौता (MOU) गरेको छ । सम्झौतामा एनएमबि बैंकका चिफ विजनेस अफिसर सुदेश उपाध्याय र NCHRC का कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले संयूक्त हस्ताक्षर गरे ।
सम्झौता अनुसार एनएमबि भिसा डेबिट तथा एनएमबि क्रेडिट कार्डको प्रयोग गरि अस्पतालमा उपलब्ध क्यान्सर रोगको Screening Package, Radiology, Laboratory and Bed Charges मा १० % (दश प्रतिशत) र Radiation Therapy and Brachytherapy मा ७ % (सात प्रतिशत)सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस अस्पतालमा अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुबाट बिभिन्न खाले क्यान्सर रोगहरुको उपचार हुने गरेको छ ।
बैंकले आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समय देखि यस्ता बिभिन्न खाले सम्झौताहरु गर्ने गरेको बैंकले जनाएको छ । हाललाई यो सम्झौता एक वर्षका लागि गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्