Skip to content
LAXMI SUNRISE BANK

ओम डेभलपमेन्ट बैंक र ओम हस्पिटलबिच सम्झौता, बैंकका कर्मचारी र ग्राहकलाई स्वास्थ्य सेवामा छुट

अर्थ सरोकार

ओम डेभलपमेन्ट बैंक लिमिटेडर्ल र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबिच सम्झौता भएको छ । सम्झौता अनुसार ओम डेभलपमेन्ट बैंक लि.का कर्मचारी तथा कर्मचारीका परिवारहरु, खातावालाहरु तथा शेयरधनीहरुलाई अस्पतालले प्रदान गर्ने मेडिकल शुल्क, अपरेशन शुल्क, ल्याव शुल्क, बेड शुल्क, प्याथालोजि शुल्क, भिडियो एक्स्रे शुल्क, सिटी स्क्यान शुल्क, एक्स्रे शुल्क, ईसिजी लगायत ईको जांच शुल्क, डेन्टल उपचार शुल्क तथा अन्य बिभिन्न स्वास्थ सेवा शुल्कमा छुट प्रदान गर्नेछ ।
बैंक र अस्पतालबिच भएको सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी र अस्पतालको तर्फबाट अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले हस्ताक्षर गरे ।
हस्ताक्षर कार्यक्रममा अस्पतालका अध्यक्ष डा.भोला रिजालको उपस्थिती थियो । सम्झौतापछि बैंकका कर्मचारी, ग्राहक तथा शेयरधनीहरुले स्वास्थ शुल्कमा छुट पाई लाभान्वित हुने बैंकले बिश्वास बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK