Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंकबाट घर आँगनमा गएर समाजिक सुरक्षा भत्ता

अर्थ सरोकार

प्रभु बैंकले नुवाकोट जिल्ला बिदुर नगरपालिका–७ तुप्चेमा आइतबार सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सम्पन्न गरेको छ । 
सरकारले नगरपालिकामार्फत वितरण गर्ने सामाजिक सुरक्षा भत्ता वितरण वाडा नं ७ र १३ मा नै गई वितरण गर्ने बिदुर नपा र यस बैंकबीच सम्पन्न सम्झौताबमोजिम–७ तुप्चेमा गई वितरण गरिएको भन्दै बैंकले उक्त भत्ता वितरण नगरपालिकाका मेयर सन्जु पण्डितद्वारा एक कार्यक्रमकाबीच उद्घाटन गरिएको जनाएको छ । 
प्रभु बैंक घर आँगनमा गएर भत्ता वितरण गर्दा सबै वृद्ध आमाबाबाहरूलाई राहत भएको र बैंकको संस्थागत सामाजिक उत्तरदायित्व पूरा भएको मेयर पण्डितले बताइन् । मेयर पण्डितले प्रभु बैंकसँग नगरपालिकाले अबका दिनमा एक अर्कामा साझेदारी गर्दै जाने कुरा पनि स्पष्ट पारिन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK