Skip to content
LAXMI SUNRISE BANK

शाखा बिस्तारमा अघि बर्दै प्रभु बैंक, रौतहटको परोहामा नयाँ शाखा सञ्चालन

अर्थ सरोकार

काठमाडौँ – संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ प्रभु बैंकले रौतहट जिल्लाको परोहा नगरपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं.४ स्थित बैंकको परोहा शाखा परोहा नगरपालिकाका प्रमुख मो.शेख वकिलज्ले एक समारोहका बीच समुद्घाटन गरे ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा रौतहट जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । 
शुक्रबारदेखि सञ्चालनमा आएको बैंकको परोहा शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र नगरपालीकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK