Skip to content
LAXMI SUNRISE BANK

दुर्गम गाउँहरुमा सेवा सञ्जाल बढाउँदै राष्ट्रिय वाणिज्य बैंक, मुगु, रसुवा र खोटाङ्गमा पनि शाखा विस्तार

अर्थ सरोकार

काठमाडौँ – राष्ट्रिय बैंक लिमिटेडले सोमबारदेखि थप तीन वटा शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको छ । बैंकले मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. ६ स्थित सोरुकोटमा शाखा कार्यालय सोरु, रसुवा जिल्लाको कालिका गांउपालिका वडा नं. २ स्थित शाखा कार्यालय कालिकास्थान र खोटाङ्ग जिल्लाको केपिलासगढी गांउपालिका वडा नं. ४ स्थित शाखा कार्यालय बाक्सिलाबाट कारोबार सुरु गरेको हो ।
यससँगै राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयहरुको संख्या २०४ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारको सबै स्थानीय तहमा बैंकको शाखा खोल्ने नीति अनुरुप राष्ट्रिय वाढिाज्य बैंकले स्थानीय जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताए ।
बैंकको हाल ७४ जिल्लामा २०४ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । चालु आ.व.को तेस्रो त्रैयमास सम्म बैंकले १ खर्व ५३ अर्व निक्षेप संकलन गरी १ खर्व १२ अर्व कर्जा लगानी गरि ३ अर्व ८ करोड खुद मुनाफा कमाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK