×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्सबीच सम्झौता, यस्तो छ सम्झौताको विवरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्सबीच सम्झौता, यस्तो छ सम्झौताको विवरण

१३ श्रावण २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) बीच आइतबार बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडका कामु प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिको बीमा युनाइटेड इन्स्योरेन्स कन्पनी (नेपाल) लिमिटेडबाट गर्न सक्ने छन् । बैंकको हाल ७४ जिल्लामा २०४ वटा शाखा कार्यालय, १३५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ । गत आवमा बैंकले १ खर्ब ६८ अर्ब निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब कर्जा लगानी गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी