
पोखरा – सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखराको न्युरोडमा १८ औं शाखा स्थापना गरेको छ । शाखाको प्रदेश नं. ४ का प्रदेश सांसद विन्दुकुमार थापा, कलाकार एवं कम्पनीमा सद्भावना दुत जितु नेपाल र कम्पनीका मुख्य व्यवस्थापक गणेश चौलागाईले शुक्रबार संयुक्त रुपमा उद्धघाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै सांसद थापाले जीवन रक्षा एवं स्वास्थ्य प्रवद्र्धनका खातिर विमा आवश्यक रहेको बताए । विमा गर्ने र विमा प्राप्त गर्ने प्रक्रियालाई सरल र सहज बनाउनु आवाश्यक रहेको उनले तर्क गरे । प्रदेश नं ४ का बासिन्दाको लागि विमा अनिवार्य गराउने कार्यक्रम ल्याउन आफ्नो पहल रहने धारणा राखे ।
सानिमा लाइफ इन्स्योरेन्सका सद्भावना दुत हास्य कलाकार जितु नेपाल मुन्द्रेले स्थापनाको छोटो समयमा नै आम जनसमुदायको विश्वास जित्न सफल भएको बताउँदै ढुक्क भएर सानिमामा बिमा गर्न समेत उनले आग्रह गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखेले उद्योगी व्यवसायीको लागि जीवन बिमा अनिवार्य गर्नको लागि आफूले पहल गरेको बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले समुदायमा बिमा साक्षरताको आवश्यकता औेल्याउदै साक्षरता फैल्याउन पत्रकार महासंघ तयार रहेको बताए । कार्यक्रममा सानिमा बैंकका क्षेत्रीय प्रवन्धक भावुक तण्डुकार, निम्स पोखराका अध्यक्ष केशव ढकाल, निबर्तमान अध्यक्ष सुनयना पालिखे, सिटी रेवानका निबर्तमान अध्यक्ष केपी शर्मा, सानिमा बैंकको बिरौटा शाखा प्रमुख हरिप्रसाद अर्याल, मेगा बैंकका प्रवन्धक ख्याम नारायण काफ्ले, लायन्स क्लब अफ डिष्ट्रिक्ट ३२५ बि १ नेपालका रिजन चियर पर्सन मोतीराज तिमिल्सेना लगायतले बोलेका थिए ।
सानिमा बैंक तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा व्यावसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपालीद्वारा कम्पनीको प्रवद्र्धन गरिएको छ । कम्पनीले हालसम्म सानिमा सरल, सानिमा दीर्घायु, सानिमा धनपति, सानिमा बालसौगात र सानिमा म्यादी गरी पाँच योजनाहरु बजारमा ल्याएको शाखा प्रमुख सुदिपराज ढुंगानाले जानकारी दिए । सानिमा इन्स्योरेन्सका प्रमुख व्यवस्थापक गणेश चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका बजार प्रमुख मिना जि.सी कँडेल र संचालन शाखा प्रमुख सुदिपराज ढुंगानाले गरेका थिए ।
हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब रुपैयाँ, जारी पूँजी २ अर्ब रुपैयाँ तथा चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ छ । छिट्टै ६० करोड रुपैयाँ बराबरको शेयर निश्कासन गर्ने तयारी गरिरहेको छ । थोरै संख्यामा मात्र जीवन बिमा भएकाले नेपालमा बिमाको बजार व्यापाक राम्रो रहेको चौलागाईंले बताए । प्रदेश ४ अन्तर्गतका विभिन्न जिल्लाहरुमा शाखा स्थापनाको तयारी भइरहेको उनले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्