
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- मञ्जुश्री फाइनान्समा भएका विभिन्न प्रकरणबारे अर्थ सरोकार डटकमले प्राथमिकताका साथ समाचार प्रकाशन गरेपछि उक्त फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सन्तोष निरौलाले अर्थ सरोकारका सम्पादकलाई सीआइबी लगाएर तह लगाउने धम्की दिएका छन् । अर्थ सरोकार डटकममा फाइनान्सका बारे धारावाहिक रुममै समाचार आउन थालेपछि उनले यस्तो धम्की दिएका हुन् ।अर्थ सरोकार डटकमले समाचारलाई सन्तुलित बनाउन पटक-पटक उनलाई फाइनान्समा भएको घोटाला प्रकरणबारे बुझ्न फोन तथा एसएमएस गरेको थियो । तर यस विषयमा कुनै पनि प्रतिक्रिया नदिएका उनले केहि दिनअघि एक्कासी बेलुकीको समयमा आफु अर्थ सरोकार र अर्थ सरोकारका सम्पादकविरुद्ध सीआइबी जाने भन्दै धम्कीपूर्ण एसएमएस लेखेका हुन् ।
जवाफमा हामीले समाचारको विषयमा चित्त नबुझे सम्बन्धित निकायमा उजुरी गर्न सकिने स्पष्ट व्यवस्था भएको र समाचारका विषयमा प्रतिक्रिया दिनुहोस् भनी जवाफ दिएका थियौं । पुन: एसएमएस मार्फत जवाफ दिंदै उनले लेखेका छन्, ‘मन्जुश्री फाइनान्सका लयरले तपाईंलाई सीआइबीमै भेट्नेछ ।’ यसरी प्रतिक्रिया माग्दा नबोल्ने र राती-राती धम्कीपूर्ण एसएमएस गर्ने उनको रबैयाले एकातर्फ उनी कति सहि र कति गलत छन् भन्ने तथ्य बुझाइदिएको छ भने अर्कोतर्फ पत्रकारलाई उजुरी गर्ने निकाय प्रेस काउन्सिलको क्षेत्राधिकारलाई पनि धज्जी उडाउने काम भएको छ ।
हामी भनिरहेका छौं, ‘आउ ! बोल जनताका सामू’
मन्जुश्री फाइनान्स लिमिटेडमा भएका विभिन्न घोटालाहरुबारे लेखापरीक्षकले गरेको टिप्पणीको गोप्य रिपोर्ट पाएपछि हामीले कम्पनीका कर्तुतहरु एक-एक गरी सार्वजनिक गरेका थियौं । यहि विषयमा पटक पटक हामीले उनलाई सम्पर्क गर्न खोज्दा पनि उनी सम्पर्कमा नआउने र राती-राती धम्कीपूर्ण एसएमएस गरिरहेका छन् । हामीले पटक-पटक समाचारको विषयमा बोल्न अनुरोध गर्दा पनि उनी हामीलाई प्रतिक्रिया दिन मानिरहेका छैनन् भने अर्थ सरोकारलाई उक्त रिपोर्ट कसले दियो भन्दै आफ्ना केहि कर्मचारीहरुलाई थर्काईसमेत रहेका खबर अर्थ सरोकार डटकमले पाएको छ । अर्थ सरोकारमा समाचार प्रकाशित भएपछी उनले आफ्ना कर्मचारीहरुलाई समेत बोलाएर अर्थ सरोकारलाई उक्त रिपोर्ट कसले दियो भन्ने केरकार गरिरहेका छन् । समाचार प्रकाशित भएपछि फाइनान्सका ग्राहकले समेत यसविषयमा सोधपुछ गर्न थालेपछि उनले यस्तो क्रियाकलाप गरिरहेको फाइनान्स स्रोतको दावी छ । तर अझपनि हामी उनलाई आफ्नो धारणा राख्न सम्पर्कमा आउन अनुरोध गरिरहेका छौं ।
क्रान्तिकारी पत्रकार संगठनको यस्तो राय !
अर्थ सरोकार डटकमलाई मञ्जुश्री फाइनान्सका सीइओले प्रतिक्रिया नदिने तर राती राती धम्कीपूर्ण एसएमएस गरेकोबारे चर्चा चलेपछि क्रान्तिकारी पत्रकार संगठन नेपाल, काठमाडौँ जिल्ला अध्यक्ष करण सिंह बडालले यस विषयमा अर्थ सरोकारसँग सोधपुछ गर्दै निरन्तर जनमुखी पत्रकारितामा अडिक भएर लाग्न सुझाव दिएका छन् । उनले पत्रकारमाथि समाचार लेखेकै आधारमा हुने कुनै पनि खालका प्रहार र दुर्व्यवहारका विरुद्ध आफ्नो संगठन लड्ने बताएका छन् । ‘एक त पत्रकारले पटक पटक समाचारको विषयमा प्रश्न गर्दा भाग्नुबाट नै को कति सहि छ भन्ने पुष्टि भएको छ । जनतालाई सुसूचित गर्न बसेका पत्रकारलाई ‘इग्नोर’ गर्ने अनि सम्बन्धित निकायको क्षेत्राधिकार मिचेर सीआइबी लगाएर तह लगाउने आसय हाम्रो संगठनलाई कुनै पनि हालतमा सह्य हुन सक्दैन ।’ संगठनका काठमाडौँ जिल्ला अध्यक्ष बडालले अर्थ सरोकार डटकमसँग भने, ‘अर्थ सरोकार डटकममा मञ्जुश्री फाइनान्सको न्यूज हामीले पनि हेरिरहेका छौं । कुनै पनि हालतमा गलत गर्नेलाई नछोड्नुहोला ।’
सम्पादकको राय, ‘बरु रगतले लेखिनेछ समाचार, रोकिने छैन हाम्रो खबर यात्रा’
यता अर्थ सरोकार डटकमका सम्पादक सुरज प्याकुरेलले मञ्जुश्री फाइनान्सका घोटाला सम्बन्धि समाचार अझ शशक्त रुपमा प्रकाशन हुने बताएका छन् । ‘समाचार बनाउने प्रोसेसमा हामी कतै चुकेका छैनौं । पटक-पटक प्रतिक्रिया माग्दा भाग्ने र पछि धम्की दिने काम गलत भएपनि हामीलाई यसले कुनै पनि फरक पर्ने छैन । यस्ता धम्की, मुद्धा-मामिला, भोग्दै आएका हौँ ।’ सम्पादक सुरज प्याकुरेल भन्छन्, ‘जनतालाई मञ्जुश्री फाइनान्स् भित्र हुने कुनै पनि घोटाला प्रकरणका बारेमा जानकारी दिनु हाम्रो दायित्व हो । सीइओ सापलाई अझै पनि हामी आफ्ना कुराहरु राख्न समपर्कमा आउन आग्रह गर्छौं । उनी सीआइबी, अदालत वा जहाँ गएपनि हामीसँग लड्ने स्पष्ट आधार छ । समाचारको विषयमा चित्त नबुझे उहाँ प्रेस काउन्सिल जान सक्नुहुन्छ । हामीले लेखेका समाचारलाई ‘सपोर्ट’ गर्ने लेखापरिक्षकको गोप्य प्रतिवेदननै हामीसँग छ । यस्ता प्रतिवेदन भित्रभित्रै गोप्य राखीदा बैंक तथा वित्तीय संस्थामा थप अराजकता आएको हामीले महसुस गरेका छौं । पछिल्लो एपेक्स बैंक घोटाला प्रकरण त्यसैको साक्षी हो । हामी मन्जुश्री अर्को एपेक्स नहोस् भन्ने चाहान्छौं । यो अभियानमा हामीलाई रोक्ने, धम्की दिने वा जुनसुकै त्यस्ता काम भएपनि हामी रोकिने छैनौं । ‘
यो पनि पढ्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्