×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पाइलटको यस्तो हर्कत : रक्सीले ‘टिल्ल’ मातेर प्लेन उडाउन खोजेपछी यस्तो लफडा !

PRIME CA
GLOBAL IME BANK

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पाइलटको यस्तो हर्कत : रक्सीले ‘टिल्ल’ मातेर प्लेन उडाउन खोजेपछी यस्तो लफडा !

१५ श्रावण २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ-विमान दुर्घटनाका खबरहरु बेला-बेलामा आइरहन्छन् । तर बिमान चलाउँदा नै रक्सीले ‘टिल्ल’ भएर पाइलटहरु नै मपंरी गर्छन् भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर आइतबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ९ बजेर ४० मिनेटमा उड्ने तालिका थियो फ्लाइ दुबईको ‘एफजेड–७३७’ कल साइनको विमानको हकमा यस्तै भयो । 
विमान उडाउने जिम्मेवारी थियो एम हुसेनको । जब विमानमा यात्राका लागि यात्रुहरु सम्पूर्ण सुरक्षाजाँच प्रक्रिया पार गरेर विमानमा पसेका मात्रै थिए, त्यति नै बेला पाइलट एम हुसेन पनि ककपिटतर्फ अघि बढे । तर उनी रक्सीले टिल्ल मातेका थिए । त्यसपछि चालक दलका अन्य सदस्यले सम्बन्धित अधिकारीहरुलाई खबर गरेपछि उनको कर्तुत बाहिरियो ।  उनलाई तत्काल विमानस्थलका प्रहरीले पक्राउ गरेर स्वास्थ्य परीक्षण गरायो । स्वास्थ्य परीक्षण रिपोर्टमा मदिरा सेवन गरेको भेटियो । तर त्यतिसम्म हुँदा पनि उनी प्लेन चलाउंछु भन्दै जिद्द्दी गर्दै थिए तर अरुले दिएनन् । उनलाई अहिले सम्बन्धित कम्पनीको जिम्मा लगाएर छोडिएको छ । 
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले फ्लाई दुबईबाटै आधिकारिक रूपमा आफ्ना विमान चालकको स्वास्थ्य परीक्षण गर्न अनुरोध आएपछि पाइलटको स्वास्थ्य जाँच गरिएको बताए । उनले सो विमानका अन्य कर्मचारीले आफ्ना पाइलट हुसेनले मदिरा खाएकोबारे बेथलाइजर मेसिन प्रयोग गरिदिन भनेकाले विमानस्थल प्रशासनले मापसे परीक्षण गर्दा मदिरा सेवन गरेको पाएपछि विमान उडान रद्द गरिएको बताए । उनले यस्तोे विमानस्थल प्रशासनले दिएको विवरणकै आधारमा फ्लाई दुबईले पाइलटलाई कानुनी कारबाही गर्ने बताए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: