Skip to content
LAXMI SUNRISE BANK

वि.पि.कोइरला स्मृति दिवसको अबसरमा कृषि विकास बैंकमा रक्तदान कार्यक्रम सम्पन्न

अर्थ सरोकार

महामानव वि.पि.कोइरलाको स्मृति दिवसको अबसरमा नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि बिकास बैंक लि. मुख्य कार्यालय समितिको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 
बैंकको मुख्य कार्यालय स्थित तालिम हलमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथी नेपाल टे्डयूनियन कंग्रेसका अध्यक्ष पुस्कर आचार्य, बिशिष्ट अतिथीमा कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला रहेका थिए ।
सो कार्यक्रमको अध्यक्षता नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि बिकास बैंक लि. मुख्य कार्यालय समितिका अध्यक्ष मधुसुदन खकुरालले गरेका थिए । उक्त रक्तदान कार्यक्रममा कर्मचारी लगायत ९७ जनाले रक्तदान गरे ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK