×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाखा विस्तारमा ‘एग्रेशिभ’ बन्दै सेञ्चुरी बैंक, एकैसाथ तीन नयाँ शाखा कार्यालय सञ्चालनमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

शाखा विस्तारमा ‘एग्रेशिभ’ बन्दै सेञ्चुरी बैंक, एकैसाथ तीन नयाँ शाखा कार्यालय सञ्चालनमा

Artha Sarokar

१६ श्रावण २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ्ग पहुच थप जनता माझ पु¥याउने उद्देश्य सहित विभिन्न स्थानहरुमा आफ्नो शाखा कार्यालयहरु विस्तार गर्दै जाने क्रममा चितवन जिल्लाको टांडी, महोत्तरी जिल्लाको बर्दिबास र धनुषा जिल्लाको बिरेन्द्रबजारमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । 
उक्त शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरेका छन् । उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, स्थानिय जनप्रतीनिधिहरु, स्थानिय व्यवसायीहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीको पनि उपस्थिती थियो । नयां शाखा कार्यालयहरु मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगाएतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध गराउने छ । 
बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ भने बैंकको गत अषाढ मसान्तमा कुल निक्षेप रु. एकसठ्ठी अरब बत्तिस करोड तथा कुल कर्जा रु. पचपन्न अरब पुगेको छ । 
अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी