×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामाजिक उत्थानमा सिटिजन्स बैंकको सहभागिता, श्री मालिका बाल विद्यालयलाई आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सामाजिक उत्थानमा सिटिजन्स बैंकको सहभागिता, श्री मालिका बाल विद्यालयलाई आर्थिक सहयोग

Artha Sarokar

२८ श्रावण २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कंचनपुरको श्री मालिका बालविद्यालयका दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रम बिच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, महेन्द्रनगर शाखाका प्रबन्धक, नरेन्द्र चन्दले कंचनपुरको भीमदत्तनगरपालिका वडा नं २, भासीमा रहेको श्री मालिका बालविद्यालयका प्रिन्सिपल देव चन्द्र उपाध्यायलाई ५१ हजार छ सय ५० रुपैयाँको चेक हस्तान्तरण गरे ।
उक्त रकमबाट विद्यालयको कक्षा ६ मा अध्ययनरत दिनेश पन्तलाई २६ हजार दुई सय रुपैयाँ तथा कक्षा ५ मा अध्ययनरत महेन्द्र रानालाई २५ हजार चार सय ५० रुपैयाँको छात्रवृति प्रदान गरिने विद्यालयका प्रिन्सिपल देव चन्द्र उपाध्यायले जानकारी गराए । 
सिटिजन्स बैंक, महेन्द्रनगरका शाखा प्रबन्धक नरेन्द्र चन्दले बैंकले प्रदान गरेको छात्रवृतिले मेहनती, जेहन्दार तथा आर्थिक रूपले कमजोर रहेका विद्यार्थीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने उल्लेख गरे ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ७८ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब तीन लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी