×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी विकास बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच सम्झौता, बैंकका एटिएम बाहक ग्राहकहरुले स्वास्थ्य सेवामा छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गण्डकी विकास बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच सम्झौता, बैंकका एटिएम बाहक ग्राहकहरुले स्वास्थ्य सेवामा छुट पाउने

Artha Sarokar

५ भाद्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – गण्डकी विकास बैंक र काठमाण्डौं स्थित नेपाल मेडिसिटी हस्पिटलबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका एटिएम होल्डर ग्राहकहरु तथा बैंकका कर्मचारी र तिनिहरुको परिवारको उपचार खर्चमा काठमाण्डौं स्थित नेपाल मेडिसिटी हस्पिटलले उपचार खर्चमा छुट दिने भएको छ । 
एक कार्यक्रमका विच गण्डकी विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र नेपाल मेडिसिटी हस्पिटलको तर्फबाट जनरल म्यानेजर विजय रिमालले सो सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
बैंकका एटिएम होल्डर ग्राहकहरुले भ्यालिड एटिएम कार्ड लिई गएमा निज र निजको परिवारको उपचार खर्चमा तोकिए बमोजिमको छुट प्राप्त गर्न सक्नेछन् । 
वदलिदो परिस्थिती अनुसार ग्राहकहरुको चाहना बमोजिम बैंकका सेवालाई सर्व सुलभ र सहज रुपमा प्रदान गर्न आगामी दिनहरुमा बैङ्किङ्ग सेवालाई थप विविधिकरण र विशिष्टिकरण गर्दै लैजाने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी