×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी विकास बैंकको ७३ औं शाखा दाङ्गको तुलसीपुरमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गण्डकी विकास बैंकको ७३ औं शाखा दाङ्गको तुलसीपुरमा

Artha Sarokar

८ भाद्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – गण्डकी विकास बैंकले दाङ्गको तुलसीपुरमा विहीबारदेखि शाखा सञ्चालनमा ल्याएको छ । यस संगै बैंकको ७३ वटा शाखाहरु सञ्चालनमा आएका छन् । बैंकले छिटै नै थप ४ वटा शाखाहरु सञ्चालनमा ल्याउने जानकारी प्रमुख कार्यकारी अधिकृत श्री रेशमबहादुर थापाले बताए । 
यससंगै बैकका ७३ वटा शाखाहरुबाट पूर्ण बैकिङ्ग सुविधा प्रदान हुनेछ । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुको साथै एबिबिएस, एटिएम, सीआस्वा, इसीसी, आईपिएस, मोबाइल बैकिङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैकिङ्ग सेवा प्रदान गरिनेछ । 
बैंकले आ.व. २०७४/७५ मा संचालन मुनाफा रु. ७९ करोड ४० लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. २३ अर्ब ५२ करोड र कर्जा तर्फ रु.२० अर्ब ०६ करोड पुर्याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी