काठमाडौँ – गरिमा विकास बैंक लिमिटेड र कैलाश विकास बैंक लिमिटेडबीच ‘गरिमा रेमिट’ सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
मिति २०७५ श्रावण ३१ गते विहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र कैलाश विकास बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सुर्य प्रसाद तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात कैलाश विकास बैंकका देशभर सञ्चालनमा रहेका ६३ वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ ।