Skip to content
LAXMI SUNRISE BANK

गरिमा विकास बैंक र सनराईज बैंकबीच रेमिट्यान्स सम्झौता सम्पन्न

अर्थ सरोकार

गरिमा विकास बैंक लिमिटेड र सनराईज बैंक लिमिटेडबीच एक आपसमागरिमा रेमिट र सूर्योदय रेमिट सेवा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । बुधबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र सनराईज बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात सनराईज बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ९१ वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम भूक्तानीगर्न तथा खातामा जम्मा गर्न तथा गरिमा विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५९ वटा शाखा कार्यालयबाट ‘सूर्योदय रेमिट’मार्फत रकम भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK