
काठमाडौं- ग्लोबल आइएमई बैंक र दिर्घायु गुरु अस्पताल एन्ड रिर्सच सेन्टरबीच अस्पतालबीच सम्झौता भएको छ । सम्झौतामा अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा दिर्घायु गुरुका प्रबन्ध निर्देशक सुरजबला श्रेष्ठ र ग्लोबल आईएमईका रेमिट्यान्स, कार्ड वितरण तथा बजार प्रर्वद्धन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् ।
बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो । ग्लोबलले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको जनाएको छ।
दिर्घायु गुरु अस्पताल चावेलमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १२ प्रतिशत सम्म छुट पाउने छन् । ग्लोबल आइएमईको १३१ शाखा, १३४ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०० शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि र कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्