×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जीएमई रेमिट माछापुच्छ्रे बैंकको सुपर एजेण्ट नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जीएमई रेमिट माछापुच्छ्रे बैंकको सुपर एजेण्ट नियुक्त

Artha Sarokar

२८ श्रावण २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

माछापुच्छ्रे बैंकले जीएमई रेमिट प्रालिलाई आफ्नो सुपर एजेण्टको रुपमा नियुक्त गरेको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र जीएमई रेमिट प्रालिका तर्फबाट प्रवन्ध निर्देशक दिवाकर पौडलले हस्ताक्षर गरे ।
सम्झौता पश्चात एमबिएल रेमिटको भुक्तानी जीएमईका सात हजारभन्दा बढी एजेण्टहरुबाट हुने भएको छ । साथमा जीएमईको भुक्तानी पनि माछापुच्छ्रे बैंकका सबै शाखाहरुबाट हुने भएको छ ।
यो सम्झौतासँगै दक्षिण कोरिया, यु.ए.ई., कुवेत, बहराईन्, कतार, ओमन, क्यानेडा र सुडानमा कार्यरत नेपालीहरुले छिटो, छरितो र सुलभ तरिकाले पैसा पठाउन सक्नेछन् र एमबिएल रेमिट मार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाहरु तथा जीएमईका एजेण्टहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंक देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी