
ज्योति विकास बैंक लिमिटेडले झापाको विर्तामोडमा नयाँ शाखा संचालनमा ल्याएको छ । विर्तामोड नगरपालिका वडा नं ५ विर्तामोड बजारमा रहेको उक्त शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी तथा बैंकका संचालक धुव्र कोईरालाले संयुक्त रुपमा गरे ।
डेपुटी गर्भनर शिवाकोटीले नेपाल सरकारको सम्पूर्ण नेपालीको बैंक खाता हुनुपर्ने नीति अनुरुप नेपाल राष्ट्र बैंकले बैंकिङ्ग पहुँच सबै सर्वसाधारणमा पुर्याउने नीति लिएको सन्दर्भमा विर्तामोड नगरपालिकामा खुलेको यस विकास बैंकले सरल र सुलभ बैकिङ्ग सेवा प्रदान गर्नेमा आफु विश्वस्त बताउँदै बैंकको प्रगतिको कामना गरे ।
बैंकका संचालक कोईरालाले राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी समयमै पुर्याउन सक्षम भएको यस बैंकले विपन्न परिवारका लागि लघु कर्जा देखि ठुला औद्मोगिक कर्जा दिन सक्षम रहेको र आफ्नो देशभरी रहेका शाखा कार्यालयहरु मार्पmत आधुनिक बैकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताए ।
बैकलै आफ्नो टोखा र पोखरा शाखा कार्यालयबाट समेत नयाँ एटिएम सुरु गरेको छ । यससँगै बैंकको शाखा संख्या ६० र एटिएम संख्या २० पुगेको छ । चालू आर्थिक वर्ष भित्र बैंकले थप ३० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालन गर्दैछ ।
हालसम्म बैंकले एक लाख ५० हजारभन्दा बढि खाताबाट रु. १९ अर्व ५४ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १६ अर्व १० करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्