
काठमाडौँ – ज्योति विकास बैंक लि. र देव: विकास बैंक लि. बिच मिति २०७५ भाद्र ३ गते (आइतबार) रेमिट सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्फबाट कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा देव: विकास बैंकका तर्फबाट प्रमूख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठले हस्ताक्षर गरे । ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा देव: विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट रेमिटेन्स सेवा प्राप्त गर्न सकिने भएको छ । हाल ज्योति विकास बैँकको ६० वटा शाखा रहेका छन भने यस आर्थिक वर्ष भित्र थप ३० शाखा संचालनमा आउदैछन ।
यस सम्झौतापश्चात देव: विकास बैँकका ५१ शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्