Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई औषधोपचार सेवामा १०% छुट

अर्थ सरोकार

काठमाडौँ – आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर बीच सम्झौता भएको छ । उक्त सम्झौता–पत्रमा कुमारी बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजिब गिरी र अस्पतालका तर्फबाट कार्यकारी अध्यक्ष डा.सुदीप श्रेष्ठले हस्ताक्षर गरे ।
उक्त सम्झौता पश्चात् कुमारी बैंकका खातावालाहरुले हरिसिद्धि, सातदोबाटोस्थित नेपाल क्यान्सर अस्पतालमा(राजीव गान्धी क्यान्सर संस्थान तथा रिसर्च सेन्टरसँग आबद्ध) उपचार गराउँदा विभिन्न औषधोपचार सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 
यसअघि कुमारी बैंकले देशविदेशका विभिन्न अस्पतालहरुबाट उपचार गराउँदा आफ्ना समस्त ग्राहकवर्गलाई कुमारी डेबिट/क्रेडिट कार्डको प्रयोग गर्दा विशेष छुटको सुविधा दिदैं आइरहेको छ । कुमारी बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ८८ वटा शाखाहरु, ६१ वटा एटिएम्हरु तथा २ वटा एक्सटेन्सन काउण्टरहरुद्घारा सेवा दिइरहेको छ । त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त इन्टरनेट बैंकिंङ्ग, मोबाइल बैंकिंङ्ग तथा भाईबर बैंकिंङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK