Skip to content
LAXMI SUNRISE BANK

सानेपामा पनि लक्ष्मी बैंक, काठमाडौँ उपत्यकाभित्रै पुग्यो १७ शाखा

अर्थ सरोकार

लक्ष्मी बैंकले काठमाडौं उपत्यकाभित्र आफ्नो १७औं शाखाको रुपमा ललितपुरको सानेपामा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै सानातथा लघु व्यवसायीहरु तथाविशेषगरी कृषि व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । 
यससँगै लक्ष्मी बैंकको शाखा संख्या ४६ जिल्लामा ९५ पुगेको छ । यसबाहेक, बैंकले ३ हस्पिटल सेवा काउन्टर, १०५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखारहित बैंकिङ्ग एजेन्टहरुमार्फत सेवा दिइरहेको छ । 
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, बीमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा बजारहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK