
काठमाडौँ – ट्रिउम्फ मिडियाले नेपालमा पहिलो पटक संचालनमा ल्यायको वित्तीय सूचना प्रदायक वेव साइट फाइनेन्सियल नोटिसेस् डट कम (www.financialnotices.com) मा यसै आर्थिक वर्षदेखि आफ्ना सम्पूर्ण सूचनाहरु प्रकाशन गर्ने गरी लुम्बिनी विकास बैंक पनि आवद्ध भएको छ । बैंकका ग्राहकहरुले यस नोटीस पोर्टलमार्फत लुम्बिनी विकास बैंकले विभिन्न पत्र–पत्रिकामा वा आफ्नो वेव साईटमा प्रकाशन गर्ने सम्पूर्ण सूचनाहरु सहजै रुपमा हेर्न पाउने भएका छन् ।
यस वेव पोर्टलमार्फत ग्राहकहरुले लुम्बिनी विकास बैंककोे सम्पूर्ण सूचना तथा जानकारीहरु, सेयर सम्बन्धी सूचना, रोजगारी सम्बन्धी सूचना, ब्याजदर, कर्जा भुक्तानी, वित्तीय विवरण, ई–बैंकिङ्ग सेवा/सुविधा, साधारणसभाको सूचना, सूची दर्ता, बैंकिङ्ग समय, बोलपत्र आह्वानको सूचना जस्ता सम्पूर्ण सूचनाका साथै शाखा कार्यालय, एटीएम रहेको ठाउँहरुको सजिलै जानकारी पाउन सक्नेछन् ।
ग्राहक वा प्रयोगकर्ताहरुले आफुले चाहेकोे सूचना तथा जानकारीहरु हेर्नका लागि विभिन्न पत्र–पत्रिका हेर्नुपर्ने, पत्रपत्रिकाको वेव पोर्टलहरु भिजिट गर्नुपर्ने, पत्रपत्रिकाहरु फाईलिङ गरेर राख्नुपर्ने लगायतका झन्झटबाट मुक्त हुने र ब्यस्त समयको बचत समेत हुने कम्पनीको दावी छ । पत्र–पत्रिका नै नपुग्ने देशका विभिन्न विकट ठाउँहरुमा समेत फाइनान्सियल नोटिसेस् प्रभावकारी आर्थिक सूचनाको स्रोत बन्ने र विभिन्न वित्तीय अवसरहरुबाट समयमै लाभ लिनको लागि यस वेव पोर्टलले सहयोग गर्ने विश्वास लिइएको छ ।
यसै आर्थिक वर्षदेखि सेवा प्रदान गरी संचालनमा आएको यस नोटिस पोर्टलले छोटो अवधिमा नै धैरै बैंक तथा वित्तीय संस्थासँग आवद्ध भई आर्थिक क्षेत्रमा छुटै पहिचान बनाउन सफल भएको छ । ग्राहकको मागअनुसार छिटै अन्य सेवाहरु समेत थप गर्न सकिने गरि काम भइरहेको कम्पनीले जानकारी गराएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्