Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैँकको शाखा रुपन्देहीको सूर्यपूरामा, स्थानीय स्तरमा उत्कृष्ट सेवा प्रदान गर्न बैंक प्रतिवद्ध

अर्थ सरोकार

महालक्ष्मी विकास बैँक लि.ले मिति २०७५ श्रावण २१ गतेदेखि गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा आफ्नो सेवा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखा रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ६ बाट स्थानान्तरण भई सूर्यपुरामा सञ्चालनमा आएको हो । बैँकको यस शाखाले स्थानीय स्तरमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ । 
देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ६० हजार भन्दा बढि रहेको छ । बैंकले असार, २०७५ सम्म रु. २७ अर्ब २७ करोड निक्षेप संकलन गरी रु. २१ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK