
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – ङादी ग्रुप पावरले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५ करोड ८६ लाख ६८ हजार ५४० रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १४.१६% ले धेरै हो । अघिल्लो वर्ष कम्पनीले ५ करोड १३ लाख ८९ हजार २७१ रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यस्तै, ङादीको सञ्चालन नाफा पनि ११ करोड ८९ लाख २२ हजार ५८४ रुपैयाँबाट बढेर १२ करोड ९५ लाख १७ हजार ९१५ रुपैयाँ पुगेको छ । यता, कम्पनीले बिजुली बिक्रीबाट हुने आम्दानी पनि १३ करोड ९८ लाखबाट बढाएर १४ करोड ४ लाख ३९ हजार २३१ रुपैयाँ पुर्याएको छ ।
सेयर पुँजी ५३ करोड ५५ लाख ५४ हजार ८०० रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा ५ करोड ९८ लाख ९८ हजार ६५७ रुपैयाँ छ । सेयर पुँजीको अनुपातमा रिजर्भ निकै कम देखिन्छ । गत वर्ष ङादीको सेयर पुँजी ४८ करोड ६८ लाख ६८ हजार रुपैयाँ थियो । प्रतिसेयर आम्दानी १० रुपैयाँ ९५ पैसा रहेको ङादीको प्रतिसेयर नेटवर्थ भने १११ रुपैयाँ १८ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्