Skip to content
LAXMI SUNRISE BANK

शाखा विस्तारमा ‘एग्रेसिभ’ बन्दै एनआईसी एशिया बैंक, धादिङको गजूरी र गल्छीमा नयाँ शाखा सञ्चालनमा

अर्थ सरोकार

एनआईसी एशिया बैंकले धादिङको गजुरी र गल्छीमा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । सोमबार एक समारोहका बीच बैंकको गजूरी गाँउपालिका वडा नं. १ मा रहेको शाखाको गजूरी गाँउपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले उद्घाटन गरे । त्यस्तै, गल्छी गाँउपालिका वडा नं ७मा स्थापित शाखाको उद्घाटन गल्छी गाँउपालिकाका अध्यक्ष कृष्ण हरी श्रेष्ठले गरे । 
यससँगै एनआईसी एशिया बैंकको शाखा संख्या २३४ पुगेको छ । यसबाहेक, २२४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार रू. १७४ अर्ब भन्दा बढि पुगेको छ । कुल निक्षेप करिब रू. १४९अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक बनेको एनआईसी एशिया बैंकले कुल कर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाएको छ । 
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK