Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंक र का नर्भिक हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकले स्वास्थ्य सेवामा विशेष छुट पाउने

अर्थ सरोकार

काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेड र नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेज बिच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका चिफ मार्केटिङ अफिसर जयेन्द्र रावल र हस्पिटलको तर्फबाट नर्भिक इन्टरनेसनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरे । 
सम्झौतापश्चात एनआईसी एशिया बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा दश प्रतिशतको छुट पाउने व्यवस्था गरिएको छ ।
मुलुकको सबैभन्दा बढी शाखा सञ्जाल भएको एनआईसी एशिया बैंकले २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै गरिरहेको छ । बैंकको वासलातको आकार रू. १८२ अर्ब भन्दा बढि पुगेको छ । बैंकको कुल निक्षेप करिब रू. १५४ अर्ब र कुल कर्जा करिब रू. १२७ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK