Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा तनहुँको जामुने बजारमा

अर्थ सरोकार

एनआईसी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ । सोहि क्रममा बैंकले तनहुँ जिल्ला, म्याग्दे गाउँपालिकाको जामुने बजारमा आफ्नो सोह्रौं शाखारहित बैंकिङ्ग सेवासंचालनमा ल्याएको छ । 
बैंकले म्याग्दे गाउँपालिकाको जामुने बजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका उपाध्यक्षसुक नारायण मल्लज्यूको उपस्थितिमा सम्पन्न भयो । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले श्री रोविन श्रेष्ठज्यूलाई नियुक्त गरेको छ । 
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोवारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोवारको विकास हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने,स्वीकृत सिमाभित्र रहि कर्जा कारोवार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नुहुनेछ ।
मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकले २३५ शाखा कार्यालयहरु, २२४ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं १६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार रु १७६ अर्ब भन्दा बढि पुगेको छ । बैंकको कुल कर्जा करिब रु. १२० अर्ब र कुल निक्षेप करिब रु. १४९ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा ग्राहकहरुको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । यो सँगै वासलात, कुलकर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK