
एनआईसी एसिया बैंक लिमिटेड र बुम रेमिट्यान्स प्रा.लि.बिच बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम एनआईसी एसिया बैंकका सबै शाखाहरु मार्फत भुक्तानी गर्नुका साथै आन्तरिक विप्रेषणको पनि भुक्तानी गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एनआईसी एसिया बैंकका तर्फबाट चिफ मार्केटिङ्घ अफिसर जयन्द्र रावल र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरे । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि प्रतिनीधीहरु छन् । एनआईसी एसिया बैंकको नेपाल भरी २३४ वटा शाखाहरु, १४ वटा एक्स्टेन्सन काउन्टरहरु र १६ वटा शाखारहित बैंकिङ्ग रहेका छन् । एनआईसी एसिया बैंक लि नेपालको उत्कृष्ट वाणिज्य बैंक हो ।
बुम रेमिट – नेपालको उत्कृष्ट रेमिटले हाल खाडि मुलुकहरु तथा हङकङबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।
आन्तरिक सञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनिति लिएको छ । बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमटले हुन्डी कारोबारलाई निरूत्साहित गर्न नेपाल र विदेशमा बैंकिङ साक्षरता कार्यक्रम गर्दै आएको छ । कम्पनीका प्रबन्ध निर्देशक धिरेन्द्र पन्त “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने धारणा राख्छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्