×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार समाचार प्रभाव : निम्बसको खाने तेलको कम्पनीमा मन्त्रीकै छापा, अखाद्य पुष्टी भएपछी उत्पादन बन्द !

अर्थ सरोकार

प्रकाशित मिति : ७ भाद्र २०७५, बिहीबार

PRIME CA

अर्थ सरोकार समाचार प्रभाव : निम्बसको खाने तेलको कम्पनीमा मन्त्रीकै छापा, अखाद्य पुष्टी भएपछी उत्पादन बन्द !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- अर्थ सरोकार डटकमले निम्बस समूहद्वारा संचालित कम्पनीले उत्पादन गरेको तेल अखाद्य रहेको प्रमाणित हुँदा पनि राजनीतिक आडमा रातारात गुणस्तर चिन्ह लिएर चलाइएको र उक्त तेल अखाद्य रहेको खबर सार्वजनिक गरी त्यसको पटक पटक फलोअप गरेपछि अन्तत उक्त कम्पनीमा छापा मारिएको छ । छापाका क्रममा तेल अखाद्य प्रमाणित भएपछी सरकारले वीरगञ्जमा निम्बस समूहद्वारा संचालित प्रोवायोटेक प्रालिलाई खाने तेल उत्पादनमा प्रतिवन्ध लगाएको छ । कम्पनीलाई भटमास, सूर्यमुखी र तोरीको तेल उत्पादनमा प्रतिवन्ध लगाइएको वाणिज्य, आपूर्ति तथा उपभेक्ता हित संरक्षण विभागले जनाएको छ ।
विभागका अनुसार कम्पनीले उत्पादन गर्ने खाने तेलमा मापदण्डभन्दा अत्यधिक बढी मात्रामा फ्याट्टी एसिड भेटिएपछी उत्पादन बन्द गर्न निर्देशन दिइएको हो । विभागका महानिर्देशक योगेन्द्र गौचनले साउन २३ गते लिइएको नमूना जाँचको रिपोर्ट आएपछि उद्योगको उत्पादन बन्द गर्न जिल्ला प्रशासन कार्यालयको टोलीलाई पठाइएको बताए । उद्योगको तेलको नमूना आपूर्ति मन्त्री मात्रिका यादव आफैं वीरगञ्ज पुगेर अनुगमन गर्ने क्रममा ल्याइएको थियो ।
नयाँ मुलुकी ऐन अनुसार यसरी अखाद्य बस्तु बेच्नेलाई जेल र आर्थिक सजायको व्यवस्था छ । स्मरण रहोस अर्थ सरोकारले उक्त तेल अखाद्य रहेको खबर पटक पटक सार्वजनिक गरेपछि उक्त कम्पनीले यसखाले खबर भ्रामक भनी विज्ञप्ति समेत जारी गरेको थियो । तर अन्तत पाप धुरीबाट कराएको छ भने सत्य के हो प्रमाणित भएको छ ।  
 यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: