×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओम डेभलपमेन्ट बैंकद्धारा ओखलेडाँडा भुम्दीकोट माध्यमिक विद्यालयलाई कम्प्युटर प्रदान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ओम डेभलपमेन्ट बैंकद्धारा ओखलेडाँडा भुम्दीकोट माध्यमिक विद्यालयलाई कम्प्युटर प्रदान

Artha Sarokar

१ भाद्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – ओम डेभलपमेन्ट बैंकले कास्कीको भुम्दी स्थित ओखलेडाँडा भुम्दीकोट माध्यमिक विद्यालयलाई डेक्सटप कम्प्युटर प्रदान गरेको छ । 
बिद्यालयमा आयोजित एक समारोहका बीच बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष क्याप्टेन डिलकाजी गुरुङ र प्रधानाध्यापक मधु प्रसाद बराललाई बैंकका बिरौटा शाखाका शाखा प्रबन्धक बिजय ढकालले उक्त कम्प्युटर हस्तान्तरण गरेका हुन् । सो बिद्यालयमा हाल कक्षा १ देखी १० सम्म गरी १६५ जना बिधार्थी अध्ययनरत छन् । 
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिभिन्न संघ संस्थाहरुलाई यसैगरी विभिन्न आर्थिक तथा भौतिक सहयोगहरु गर्दै आईरहेको बैकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए ।
बिकास बैंकले आषाढ मसान्तसम्म २१ अर्ब ४५ करोड निक्षेप संकलन गरी १८ अर्ब ३६ करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५३, ग्राहक संख्या करिब २ लाख ५० हजार, एटिएम संख्या १९ रहेको र बिकास बैंकहरुमध्ये शाखारहित बैकिङ सेवा प्रदान गर्ने पहिलो बिकास बैंक हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी