Skip to content
LAXMI SUNRISE BANK

रामेछापको सांघुटारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार, प्रदेश न.३ का मन्त्री ढुङ्गेलले गरे उद्घाटन

अर्थ सरोकार

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा न. ३ स्थित सांघुटारमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो २०५औं शाखा कार्यालय विस्तार गरेको छ । 
प्रदेश न.३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले बुधबार एक समारोहका बीच उक्त शाखाको समुद्घाटन गरे । सो समारोहमा मन्त्री ढुङ्गेलले स्थानीय जनताहरुले बैंकबाट कारोबार गरी व्यवसायमुखी किसिमले कृषि उत्पादन गरेर फाइदा लिनु सक्नुपर्नेे बताए । 
बैंकका काठमाडौं क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रवन्धक राजेन्द्र दाहालको सभापतित्वमा सम्पन्न उक्त समारोहमा रामेछाप क्षेत्र न.१ख का प्रदेश सभा सांसद शान्तिप्रसाद पौडेल, पूर्व सासंद रामहरि खतिवडा, बैंकका नायब महाप्रवन्धक उद्धबप्रसाद खनाल, स्थानीय समाजसेवी बद्रिदास भौकाजी, राजनीतिक दलका प्रतिनिधि लव श्री न्यौपाने, रामेछाप उद्योग वाण्ज्यि संघका बरिष्ठ उपाध्यक्ष केसब घिमिरे, रामेछाप न.पा. वडा न.३ का वडा अध्यक्ष भुपालराज श्रेष्ठ, स्थानीय उद्यमी व्यवसायी तथा सर्वसाधारणको भव्य उपस्थिति रहेको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK