×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहयोगी विकास बैंकले हिरो ब्राण्डको दुई चक्के सवारीमा लगानी गर्ने

PRIME CA

सहयोगी विकास बैंकले हिरो ब्राण्डको दुई चक्के सवारीमा लगानी गर्ने

७ भाद्र २०७५, बिहीबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ – सहयोगी विकास बैंक लिमिटेडले हिरो ब्राण्डको दुई चक्के सवारी साधानमा लगानी गर्ने भएको छ । सो सम्बन्धमा महोत्तरीको बर्दिवासमा रहेको शान्ति अटो इन्टरप्राइजेजसँग संझौता सम्पन्न गरेको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र शान्ति अटो इन्टरप्राइजेजको तर्फबाट प्रोप्राईटर उदिप नारायण महतोले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 
शान्ति अटो इन्टरप्राइजेजले बर्दिवासमा हिरो ब्राण्डका मोटरसाइकल विक्री गर्दै आएको छ । यो सम्झौता अनुसार शान्ति अटो इन्टरप्राइजेजले विक्री गर्ने हिरो ब्राण्डका दुई चक्के सवारी साधानलाई कम्पनीले सिफारिस गरे अनुसार बैंकले रित पु¥याई कर्जा लगानी गर्नेछ । बैंकले उक्त मोटरसाइकल मूल्यको ५० प्रतिशतसम्म कर्जा लगानी गर्ने संझौतामा उल्लेख छ । कर्जा लगानी पश्चात ऋणीबाट असूलीमा समस्या आएमा बैंकलाई मोटरसाइकल विक्रेता कम्पनी शान्ति अटो इन्टरप्राइजेजले समेत सघाउनु पर्नेछ । सेवाग्राहीका साथै बैंकको हितलाई मध्यनजर गरेर बैंकले सो सम्झौता गरेको प्रमुख कार्यकारी अधिकृत विनय रिजालले जानकारी दिए । 
ग्राहकहरुलाई फाइदा होस भन्ने हेतुले बैंकले यस्तै अन्य कम्पनीसँग पनि संझौता गरिसकेको छ । विगत केही समयदेखि सहयोगी विकास बैंकले आफ्नो सेवाको दायरालाई फराकिलो पार्दै लगेको छ । यसै क्रममा बैंकले केही समय अघिमात्र मोवाइल बैंकिङ र प्रिभिलेज बैंकिङ सर्भिसेस सेवा सुरुवात गरेको थियो । आगामी दिनमा समेत बैंकले समय सुहाउँदो थप सेवाहरू प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत रिजालले बताए ।
निक्षेपको ग्यारेन्टी, ग्राहकको आर्थिक, सामाजिक र सांस्कृति उन्नतीका साथै २१औं शताब्दी समय सुहाउँदो सेवा, लगानीकर्तालाई उचित प्रतिफलमा बैंकले जोड दिंदै आएको प्रमुख कार्यकारी अधिकृत रिजालले जानकारी दिए । यसैगरी बैंकले आफ्नो भवन निर्माणका अन्तीम प्रकियामा पुगेको जनाएको छ । यसैगरी एटीएम सेवाको पनि अन्तीम चरणमा रहेको जानकारी गराए । 
जनकपुरमा मूख्य कार्यालय रहेको बैंकले विभिन्न ८ स्थानमा शाखा विस्तार गरी आफ्ना ग्राहकहरुलाई आधुनिक, छरितो, भरपर्दो र स्तरीय सेवा प्रदान गर्दै आइरहेका छ । बैंकले थप तीन शाखाको सफ्ट लन्च समेत गरिसकेको छ भने भदौ भित्र थप दुई शाखा सञ्चालनमा ल्याइसक्ने जानकारी दिएको छ । असोज सम्ममा १७ शाखा पु¥याउने योजनाका साथ बैंकले काम गरिरहेको छ । 
५० करोड ९६ लाख ६८ हजार रुपैयाँ चुक्ता सेयर पूँजी रहेको बैंकले हालसम्म रू. ४ अर्ब ३ करोड ८६ लाख निक्षेप संकलन गरी हालसम्म ३ अर्ब ११ करोड १३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी बैंकमा १० करोड ५३ लाख संचिति कोष रहेको छ । 
हालै प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण अनुसार प्रति सेयर आम्दानीमा सहयोगी विकास बैंकले नेपालका सबै विकास बैंकलाई उछिनेको छ । यो तथ्यांकसँगै बैंक अव्वल दर्जामा रहन सफल भएको छ । अहिले बैंकको समग्र अवस्था बलियो रहेको बैंकले जानकारी दिएको छ । 
धनुषा, महोत्तरी र सिन्धुली गरी तीन जिल्लामा कार्यक्षेत्र रहेको बैंकले आफ्नो सेवालाई सर्लाही र सिराहा जिल्लामा विस्तारको तयारी गरिरहेको छ । यो बैंक नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘ख’ वर्गको वित्तीय संस्था हो । स्मयरणीय त के छ भने आफ्नो कार्यक्षेत्र रहेको स्थानीयस्तरमा यो बैंक अन्य वाणिज्य बैंकहरु भन्दा लोकप्रिय बैंकको रुपमा स्थापित छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: