Skip to content
LAXMI SUNRISE BANK

सांग्रिलाको शाखा मोरङको टंकी सिनुुवारीमा, नेपाल राष्ट्र बैंकका डेपुुटी गर्भनर शिवाकोटी र अध्यक्ष श्रेष्ठले गरे संयुुक्त उद्घाटन

अर्थ सरोकार

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मोरङ जिल्लाको टंकी सिनुुवारीमा आफनो थप नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले श्रावण १८ गतेको शुक्रवार देखि उक्त शाखाको विधीवत रुपमा उद्घाटन गरि कारोवार शुभारम्भ गरेको हो । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुुटी गर्भनर चिन्तामणी शिवाकोटी तथा बैंकका अध्यक्ष प्रा.डा. रबीन्द्र प्रसाद श्रेष्ठले संयुुक्त रुपमा गरेका थिए । उक्त अवसरमा प्रमुुख अतिथी डेपुुटी गर्भनर शिवाकोटीले बैंकमा पैसा राख्दा रु. ३ लाख सम्मको बीमा गरिदिने र सुुरक्षा समेत हुुने भएकोले बैंक मार्फत कारोवार गर्न स्थानीय बासीन्दालाई आग्रह गरेको बैंकका का.मुु.प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । 
उक्त कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष प्रा.डा. रबीन्द्र प्रसाद श्रेष्ठले गरेका थिए भने स्वागत मन्तब्य बैंकका संस्थापक प्रमुुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले गरेका थिए । यस शाखा शुभारम्भ पश्चात विकास बैंकको कुल शाखा संख्या ५४ पुगेको छ भने अन्य ३३ वटा शाखाहरु संचालनमा आउने प्रक्रियामा रहेको तथा यसरी नै शाखा विस्तार गर्दै देशभर शाखा संजाल स्थापन गरि सम्पूर्ण नेपालीमा सर्व सुलभ बैंकिङ्ग सुविधा प्रदान गर्ने बैंकको लक्ष्य रहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK