
काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले स्याङ्जाको भीरकोटमा बृक्षारोपण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकको स्याङ्जा भीरकोट शाखाले भीरकोट नगरपालिकाको वडा नम्बर ३ बानेथाकस्थित कालिका प्राथमिक विद्यालय हातामा बृक्षारोपण गरेको हो ।
भीरकोट नगरपालिकाका मेयर छायाँराम खनाल, उपमेयर सिमा कर्माचार्य, संचारकर्मी, सामाजिक कार्यकर्ता, शिक्षक र विद्यार्थीको सहभागितामा रुद्राक्ष, कपुर, चाँप, पारिजात, अम्रिसो लगायत बिभिन्न जातका ३०० वटा विरुवा रोपिएको थियो । बृक्षारोपणले विद्यालयलाई हराभरा बनाउन मद्दत गर्नेका साथै हरित कम्पाउन्ड बनाउन मद्दत मिल्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवीन्द्र अधिकारीले विश्वास व्यक्त गरे ।
यसैगरी, मेगा बैंकले एक कार्यक्रमबीच भीरकोट नगरपालिकाकै रिजु दोबाटास्थित महालक्ष्मी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । असहाय र जेहेन्दार २३ जना विद्यार्थीहरुलाई बैंकले स्कूल पोशाक वितरण गरेको हो । बैंकले विद्यालयको कामलाई सहज होस् भन्ने उद्देश्यले एउटा स्टील दराज पनि सहयोग गरेको छ । कार्यक्रममा भीरकोट नगरपालिकाका मेयर छायाँराम खनालले मेगा बैंकले ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच बढाउन खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्