Skip to content
LAXMI SUNRISE BANK

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सर्लाहीको महारानी बजारमा

अर्थ सरोकार

सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ आफ्नो २३ औँ शाखारहित बैंकिङ्ग सेवा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं १३, महारानी बजारमा शुरू गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन ईश्वरपुर नगरपालिकाका अध्यक्ष राम करण महतोले एक समारोहका बीच गर्नुभयो । 
सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि अमरसिंह कुशवाहालाई पोइन्ट अफ सेल मेसिन बर्दिबास शाखाका प्रवन्धक दिपेश ढकालले हस्तान्तरण गरे । साथै बैंकको बर्दिबास शाखाका प्रवन्धक दिपेश ढकालले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्देश्य प्रष्ट पारे । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । 
यो संगसंगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २३ पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK