
काठमाडौं – यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लि. र बैंक अफ काठमाण्डू लि.बीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतापत्रका अनुसार यूनियन लाइफका तर्फबाट नायब महाप्रबन्धक कोषराज सुबेदी र बैंकका तर्फबाट बजार व्यवस्थापन प्रमुख रितेश लामिछानेले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार यूनियन लाइफ इन्स्योरेन्सको बीमा योजना बैंकले आफ्ना ग्राहकहरुलाई बिक्रि वितरण गर्ने भएको छ । जीवन बीमा क्षेत्रमा पछिल्लो अवधिमा आएका बीमा कम्पनीहरु मध्ये यूनियन लाइफ इन्स्योरेन्स अग्रणी बन्न सफल भएको छ ।
कम्पनीले गत आ.व.मा साढे ८६ करोड बीमाशुल्क संकलन गर्न सफल भएको इन्स्योरेन्सको दावी छ । कम्पनीले जनउपयोगी बीमा योजनाहरु ल्याएर बीमा बजारमा पृथक पहिचान बनाउन सफल भएको छ, भने कम्पनीको देशव्यापी उपस्थिती बढाउन शाखा तथा उपशाखा बिस्तारलाई तिब्रता दिईरहेको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्