
काठमाडौँ – कृषि विकास बैंकको रुपन्देहीस्थित भैरहवा शाखामा सरकारी कारोबार र एटीएम सेवाको सुरुवात गरिएको छ । बुधबार (भदौ २० गते) बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले एक समारोहका बीच संयुक्त रुपमा उक्त सेवाको उद्घाटन गरे ।
कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय, भैरहवाका निर्देशक मिनराज पोखरेलको अध्यक्षता भएको समुदघाटन कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक लि शाखा कार्यालय भैरहवाका प्रबन्धक धु्रव पौडेलले गरे । उद्योगपति, निर्माण व्यवसायीहरु, सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उद्घाटन समारोहमा विभिन्न कार्यालय÷संघ संस्थाका प्रतिनिधिहरु, नेपाल राष्ट्र बैंक भैरहवाका निर्देशक अशोक पौडेल, असल ग्राहक तथा उद्यमीको तर्फबाट टोप बहादुर रायमाझीले बैंकले उपलव्ध गराउने सेवाहरुले रुपन्देही बासीहरुको मन छुने गरी ग्राहकमुखी कार्य गर्न सकोस, गरिवभन्दा गरिब किसानको जिवनस्तर उकास्नमा पनि त्यतिकै मद्दत पुग्ने बताए । बैंकले व्यवसायीक कृषि कर्जामा विशेष जोडदिनु पर्ने भन्दै उनीहरुले बैंकको उच्च प्रगतिको कामना समेत गरे ।
कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको प्रोडक्टको बारेमा जानकारी गराउँदै सीईओ सिटौलाले स्थानीय जनताको निरन्तर सहयोग भएमा बैंकले भविष्यमा अझ बढी सुविधा प्रदान गर्ने आफना कार्यक्रमहरु संचालन गर्ने र भविष्यमा एक उत्कृष्ट वाणिज्य बैंकको रुपमा कृषि विकास बैंक लिमिटेडलाई स्थापित र्गे बताए । उनले शाखा कार्यालय भैरहवाबाट कारोवार गर्नु हुने उत्कृष्ट सेवाग्राहीहरुलाई सम्मान समेत गरेका थिए ।
सिद्धार्थ नगरपालिका प्रमुख अधिकारीले उदघाटन समारोहलाई सम्बोधन गर्दै कर्मचारीहरुको सोचमा परिवर्तन गरी अझ बढी गुणस्तरीय सेवा प्रदान गर्न बैंक सक्षम हुन सकोस भन्दै शुभकामना व्यक्त गरे । बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले समग्र बैंकको व्यवसाय, देशका यूवाशक्ति लगायत सबै वर्गलाई कृषि विकास बैंक प्रति आकर्षण गर्ने गरी आफना सेवाहरुमा सुधार गर्दे आएको र भविष्यमा पनि अझ बढी आधुनिक गुणस्तरीय सेवा उपलव्ध गराउने बताए ।
कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय भैरहवाका निर्देशक मिनराज पोखरेलले बैंकले अबका दिनमा रुपन्देहीबासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवा, सरकारी कारोबार तथा कृषि विकास बैंक लि. सरकारी बैंक भएको र सरकारी बैंक नै आधुनिक गुणस्तरीय सेवा दिन सक्षम भैसकेको यस अवस्थामा स्थानीय निकाय, संघ संस्था तथा आम नेपालीहरुलाई कृषि विकास बैंकबाट नै बैकिङ्ग सेवा लिन आग्रह गरे ।
कार्यक्रममा कृषि विकास बैंक, बजार तथा शाखा संचालन विभागका विभागीय प्रमुख सुदीप दाहाल, कृषि विकास बैंक लि.का प्रबक्ता हिमलाल पौडेल, कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय भैरहवा, शाखा कार्यालय भैरहवा, कृषि विकास बैंक लि.का भुतपूर्व कर्मचारीहरु, रुपन्देहिमा कार्यरत अन्य कृषि विकास बैंक लि.का प्रबन्धक लगायत अन्य कर्मचारीहरु उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्