
काठमाडौँ – ज्योति विकास बैंक लिमिटेडले चितवनको नारायणगढमा नयाँ शाखा संचालनमा ल्याएको छ । भरतपुर महानगरपालिका वडा नं ३, नारायणगढ, चितवनमा रहेको उक्त शाखाको औपचारिक उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघ, चितवनका अध्यक्ष सहन लाल प्रधान तथा बैंकका अध्यक्ष हरी चद्र खड्काले एक कार्यक्रमका बिचसंयुक्त रुपमा गरे ।
सो अवसरका बोल्दै प्रधानले ज्योति बिकाश बैंकको लगानी उत्पादन मुलक क्षेत्रमा हुनुपर्नेमा जोड दिँदै प्रोजेक्ट सफल हुन बैंकको सहयोग आबश्यक हुने बताए । उनले ज्योति बिकास बंैकको ब्यबसायिक सफलताको कामना समेत गरे ।
बैंकका अध्यक्ष तथा कार्यक्रमका सभापती हरिचन्द्र खड्काले बैंकले लघु कर्जादेखि हाइड्रो पावरको लागि ठुला कर्जा समेत लगानी गरी रहेको बताउँदै सामाजिक उत्तरदायित्व बहनलाई समेत महत्व दिएको ज्योति बिकाश बैकले ग्रामिण क्षेत्रमा समेत थप शाखा कार्यलय खोल्न गइरहेको जानकारी दिए ।
हाल बैंकले ६० वटा शाखा कार्यालय तथा २० वटा एटीएममार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्षभित्र थप ३० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले हालसम्म एक लाख ५० हजारभन्दा बढि खाताबाट रु. २० अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १६ अर्व लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ती गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरि प्रक्रिया अगाढि बढाइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्