×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्स्प्रेसको ९० दिने ‘लखपति एक्स्प्रेस’ योजना सार्वजनिक

PRIME CA

सिटी एक्स्प्रेसको ९० दिने ‘लखपति एक्स्प्रेस’ योजना सार्वजनिक

३१ भाद्र २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – २०६४ सालमा विप्रेषण व्यवसायको रुपमा स्थापना भएको सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि. एक प्रतिष्ठित रेमिटान्स कम्पनी हो । यस कम्पनी विप्रेषण व्यवसाय समूह मध्ये अग्रस्थान ओगट्न सफल समेत भएको छ । यस रेमिटान्स कम्पनीले आफ्नो व्यवसायका साथसाथै विभिन्न धार्मिक, सांकृतिक तथा सामाजिक क्रियाकलापमा आवद्ध भै सहयोग प्रदान गरेको कुरालाई नेपालको परिप्रेक्ष्यमा अति प्रशंसनीय एवं अनुकरणीय मानिएको छ ।
लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धी सुविधा उपलब्ध गराइरहेको सिटी एक्सप्रेसले समस्त नेपालीको महान चाड दशैँ, तिहार र छठ्लाइ लक्षित गर्दै आफ्ना उपभोक्ताहरु संग पर्वको खुशी साट्न लगातार ९० दिन सम्म चल्ने ‘लखपतिएक्स्प्रेस’ उपहार योजना घोषणा गरेको छ ।
सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताले रु १०,००० र हरेक महिना लक्कीड्र मा विजयी हुने एक जनालाई रु १,००,००० उपहार प्रदान गरिने छ । 
उपहार योजनाको अन्त्य मा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रा.लि.१२ बर्ष प्रवेश गरेको उपलक्ष्यमा रु १२,००,००० जित्न सक्ने छन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ । कम्पनीका अनुसार यो ‘लखपति एक्स्प्रेस’ अफर असोज १ गते देखि मंसिर २९गते सम्मलागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ । यो योजना मार्फत जम्मा ११२० जना उपभोक्ताहरु विजेता हुनेछन् । यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागु हुनेछैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: