
काठमाडौँ – नेपाल बैंक लिमिटेडले डोल्पाको जगदुल्ला र रोल्पाको लुंग्रीमा शाखा स्थापना गरेको छ । नेपाल सरकारको वित्तीय पहुँच तथा समावेशिता अभिवृद्धि गर्ने नीतिमा सघाउने उद्देश्यले दुर्गमदेखि सुगमसम्मका स्थानमा शाखा विस्तारमा जोड दिँदै आएको यस बैंकले चालु आर्थिक वर्षमा २८ शाखा स्थापना गर्ने लक्ष्य अनुरुप यी शाखा स्थापना गरिएका हुन् ।
नेपाल बैंकले ०७५ असारसम्म रु ९९ अर्ब ८३ करोड निक्षेप संकलन गरि रु ७९ अर्ब ६३ करोड कर्जा प्रवाह गरेको छ । मुलुकका हिमाल पहाड तराई ५६ जिल्लामा फैलिई १४२ शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेट मार्फत १४ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा पुर्याईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्