Skip to content
LAXMI SUNRISE BANK

इजीलिंक रेमिट्यान्स र गरिमा विकास बैंकबीच विप्रेषण भुक्तानी सम्झौता

अर्थ सरोकार

काठमाडौँ – जापान, दक्षिण कोरिया, साइप्रस, अमेरिका लगायत विश्वका बिभिन्न देशबाट नेपाल रेमिट्यान्स सेवा दिंदै आएको विश्वासिलो रेमिट्यान्स कम्पनीको रुपमा परिचित इजीलिंक रेमिट्यान्सले गरिमा विकास बैंकसँग रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता गरेको छ । सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल र गरिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकालले हस्ताक्षर गरे । 
सम्झौतापछि इजीलिंक रेमिट्यान्सका प्रबन्ध निर्देशक दिपेन्द्र खनाल ले गरिमा विकास बैंकसंगको रेमिट्यान्स भुक्तानी सम्झौताले नेपालीहरुले विदेशबाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पुर्याउन थप सहज बनाउने बताए । उनले आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका साथै निजी कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाई तिब्र पार्ने समेत उल्लेख गरे । अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन तिब्र रुपमा अघि बढिरहेको पनि उनले जानकारी गराए । 
यो सम्झौतासंगै विश्वका विभिन्न मुलकबाट इजीलिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब गरिमा विकास बैंकको देशभरि रहेका ६० भन्दा धेरै शाखाहरुबाट साथै इजीलिंक रेमिट्यान्सको ५००० भन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले बताए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK