×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नाडा अटो शोमा व्यापारीहरुलाई अर्थमन्त्रीको आग्रह, ‘कमाएर मात्र गाडी किन्नुहोस्, ऋण लिएर गाडी नकिन्नुहोस्’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- मंगलबारदेखि काठमाडौंमा सुरु भएको गाडी बिक्रेताहरुको ‘नाडा अटो शो’ प्रदर्शनी उद्घाटन गर्ने क्रममा अर्थमन्त्री खतिवडाले गाडी व्यापारीहरुलाई भने ऋण लिएर गाडी नकिन्न आग्रह गरेका छन् । ‘क्रेडिट कार्ड’ को अर्थतन्त्र विश्वमा धरासायी भएको उदाहरण दिँदै उनले व्यवसायीहरुलाई यस्तो आग्रह गरेका हुन् । 
‘तपाईंहरुले बढी गाडी बेच्नुभयो भने हामीलाई राजस्व पनि बढी नै आउला । यद्यपि मैले भन्ने गरेको छु, राजस्व नै हाम्रो सबै कुरा अन्तिम होइन । कमाएर गाडी किन्नुहोस् । ऋण लिएर, ऋण तिर्ने क्षमता विकास नभई गाडी नकिन्नुहोस् ।’ कार्यक्रममा अर्थमन्त्रीले भने ‘हामी एउटा सन्तुलित भन्सार नीतिमै पुग्ने हो । त्यो पुगुञ्जेल हामीलाई हाम्रो आन्तरिक क्षमता बढाउनलाई अलिकति समय दिनुस् ।’
देशको समग्र अर्थतन्त्रका बारेमा समेत बोल्दै उनले क्रेडिट कार्डको इकोनोमी विश्वमा कोल्याप्स भएको बताएका छन् । ‘ऋण तिर्ने क्षमता विकास नभई धेरै गाडी नकिन्नुहोस् । कृत्रिम रुपमा देखाइएका उपलब्धिहरु भोलि बेलुनझैं फुट्न सक्छनन् । आर्थिकरुपमा हामी सबल हुँदै जाँदा, मुलुक आधुनिकीकरण हुँदै जाँदा, जीवनशैली आधुनिक हुँदै जाँदा, हाम्रो आर्जन गर्ने क्षमता बढ्दै जाँदा र एफोर्ड गर्ने क्षमता सँगसँगै बढ्दै जाँदा त हामीले उपभोगलाई अघि नबढाइकन आर्थिक वृद्धि हुँदैन ।’ उनले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: